नेभिगेशन
सबै कुरा

प्रहरी रूपान्तरण भइसकेको छः महानिरीक्षक कुँवर

उदयपुर । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी रूपान्तरण भइसकेको बताएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक कुँवरले प्रहरी रूपान्तरण भइसकेको बताएका हुन्। प्रहरी सङ्गठनमा केही आश लाग्दा कमाण्डरको कारण प्रहरी संगठनको कद उचो भएको कुँवरले बताए। कुँवरले सङ्गठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर प्रहरीले काम गर्नुपर्ने बताए।  

महानिरीक्षक कुँवरले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्न निर्देशन दिएका थिए। कुँवरले उदयपुर प्रहरी परिसरमा नवनिर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्घाटन गरेका थिए । 

कार्यक्रममा ८० बर्ष उमेर माथिका नेपाल प्रहरीका पूर्व कर्मचारी र जिल्ला प्रहरी कार्यालयका कर्मचारीलाई सम्मान गरिएको थियो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्लाका पालिका प्रमुख, राजनीतिक दलका प्रमुख, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...