नेभिगेशन
सबै कुरा

प्रहरी रूपान्तरण भइसकेको छः महानिरीक्षक कुँवर

उदयपुर । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी रूपान्तरण भइसकेको बताएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक कुँवरले प्रहरी रूपान्तरण भइसकेको बताएका हुन्। प्रहरी सङ्गठनमा केही आश लाग्दा कमाण्डरको कारण प्रहरी संगठनको कद उचो भएको कुँवरले बताए। कुँवरले सङ्गठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर प्रहरीले काम गर्नुपर्ने बताए।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानिरीक्षक कुँवरले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्न निर्देशन दिएका थिए। कुँवरले उदयपुर प्रहरी परिसरमा नवनिर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्घाटन गरेका थिए । 

Ncell
Extreme Energy

कार्यक्रममा ८० बर्ष उमेर माथिका नेपाल प्रहरीका पूर्व कर्मचारी र जिल्ला प्रहरी कार्यालयका कर्मचारीलाई सम्मान गरिएको थियो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्लाका पालिका प्रमुख, राजनीतिक दलका प्रमुख, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।