नेभिगेशन
सबै कुरा

राष्ट्रपतिको सल्लाहकारले सयको नोटमा नेपालको नक्सा छाप्ने निर्णयविरुद्ध अभिव्यक्ति दिनु निन्दनीय: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडाैँको टोखामा नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेला उद्घाटन गर्दै ओलीले एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका बिषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाल दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन् । उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिनु गम्भीर बिषय भएको समेत बताए । नेपालले आफ्नो निर्णय गर्दा अर्को देशलाई टाउको दुख्ने र नेपाललाई हेप्ने कुरा स्वीकार्य नभएको उनको भनाइ छ । ओलीले देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय देशको अहित कुरा गर्नेहरुको गुँड लगाउने ठाँउ नभएको जिकिर गरे । 

Ncell
Extreme Energy

उनले नेपालीको देशभक्तीलाई चूनौति दिने अधिकार कसैलाई पनि नभएको धारणा राख्नुभयो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।