नेभिगेशन
समाज

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

काठमाडौँ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Trihulis-3-B_NPL-(1)-1788765063.jpeg
 

Ncell
Extreme Energy

चाँडोभन्दा चाँडो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले मित्रराष्ट्रसँग सहयोग लिएर भएपनि उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

Trihulis-3-B_NPL-(4)-1788765085.jpeg
 

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा बेपत्ता सुमेश अमात्यका दाई रमेश अमात्यले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेपछि सरकारको आँखा खुलाउन र छिटो उद्धारका लागि दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको बताए ।

Trihulis-3-B_NPL-(7)-1788765108.jpeg
 

बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र सोही भवन पुरिँदा करिब ४२ जना थुनिएको हुनसक्ने उनले बताए ।

Trihulis-3-B_NPL-(5)-1788765126.jpeg

पहिले लगिएको सानो एक्स्काभेटरले काम गर्न नसकेको र ठूलो एक्स्काभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकोप्टर नहुँदा उद्धार रोकिएको उनको दाबी छ । ठूला हेलिकोप्टर र उपकरणका लागि भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको भन्दै उनले तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न माग गरे । 

Trihulis-3-B_NPL-(11)-1788765150.jpeg

Trihulis-3-B_NPL-(12)-1788765150.jpeg

Trihulis-3-B_NPL-(13)-1788765150.jpeg

Trihulis-3-B_NPL-(10)-1788765149.jpeg

Trihulis-3-B_NPL-(9)-1788765149.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले...
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...