नेभिगेशन
समाज

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

काठमाडौँ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Trihulis-3-B_NPL-(1)-1788765063.jpeg
 

Marvel

चाँडोभन्दा चाँडो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले मित्रराष्ट्रसँग सहयोग लिएर भएपनि उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

Trihulis-3-B_NPL-(4)-1788765085.jpeg
 

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा बेपत्ता सुमेश अमात्यका दाई रमेश अमात्यले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेपछि सरकारको आँखा खुलाउन र छिटो उद्धारका लागि दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको बताए ।

Trihulis-3-B_NPL-(7)-1788765108.jpeg
 

बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र सोही भवन पुरिँदा करिब ४२ जना थुनिएको हुनसक्ने उनले बताए ।

Trihulis-3-B_NPL-(5)-1788765126.jpeg

पहिले लगिएको सानो एक्स्काभेटरले काम गर्न नसकेको र ठूलो एक्स्काभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकोप्टर नहुँदा उद्धार रोकिएको उनको दाबी छ । ठूला हेलिकोप्टर र उपकरणका लागि भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको भन्दै उनले तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न माग गरे । 

Trihulis-3-B_NPL-(11)-1788765150.jpeg

Trihulis-3-B_NPL-(12)-1788765150.jpeg

Trihulis-3-B_NPL-(13)-1788765150.jpeg

Trihulis-3-B_NPL-(10)-1788765149.jpeg

Trihulis-3-B_NPL-(9)-1788765149.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...