नेभिगेशन
सबै कुरा

फरक क्षमता भएका व्यक्तिहरूको दबाबपूर्ण र्‍याली (फाेटाे फिचर)

काठमाडाैँ । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै फरक क्षमता भएका व्यक्तिहरूले आइतबार काठमाडौँमा १५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्‍याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् । तनहुँका दिपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमती भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । जसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् । 

Ncell
Extreme Energy










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।