नेभिगेशन
सबै कुरा

सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विरोध गर्ने राष्ट्रपतिका सल्लाहकारको राजीनामा

काठमाडाैँ । सरकारको सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोधमा उत्रिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्विकृत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिएपछि उनी विवादमा तानिएका थिए । जुन विषयमा राष्ट्रपति पौडेलले समेत उनीसँग सोधपुछ गरेपछि उनले राजीनामा  बुझाएका थिए । 

Ncell
Extreme Energy

विवादित सल्लाहकारले बुझाएको राजीनामा स्विकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई बताएकी छिन् । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले नेपालको राजीनामा स्विकृत भएको बताएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, विज्ञप्तिमा उल्लेख थियो । 

पूर्वगभर्नर र अर्थशास्त्रीसमेत रहेका नेपालले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।