नेभिगेशन
सबै कुरा

एमाले र माओवादी बाहिरिएसँगै मधेश सरकार अल्पमतमा

जनकपुरधाम । उपेन्द्र  यादब नेतृत्वको जनता समाजवादी पार्टी बिभाजन भएसँगै मधेश सरकार ढल्ने भएको छ । सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै मधेश सरकार अल्पमतमा परेको हो । १ सय ७  प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वासको मत लिएर सरकार  बनाएका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार अल्पमतमा परेको हो । 

मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपाल बाहेकका दलहरु नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा मिलेर नयाँ  सरकार बनाउने तयारीमा लागेका छ्न । केन्द्रीय समिकरण अनुसार  दलहरुबिच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएको बताइएको छ । बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा समेत कुराकानी भएको स्रोतको दावी छ ।

सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्नका लागि अब ३० दिनको समय पाउने छन् । तर, माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाईसकेका छ्न भने एमालेले पनि सरकार छाड्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...