नेभिगेशन
सबै कुरा

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा

काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोलिदेखि आयोजना गर्ने ुविद्यार्थी महोत्सव’ को तयारी पूरा भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको  अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए । उनले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्य महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सव भोलीदेखि ३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छ । 

Ncell
Extreme Energy

‘विद्यार्थी महोत्सव’ का माध्यमबाट युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउन र ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गराउने प्रत्यत्न गर्न लागिएको बडालले बताए । महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइने उनको भनाइ छ ।  अनेरास्ववियुले महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरेको छ । 

आयोजकका अनुसार महोत्सवका क्रममा  प्रत्यक्ष परियोजना, साङ्गीतिक प्रस्तुुति, करियर परामर्श, बहस र संवाद, सातवटै प्रदेशका कला, संस्कृति झल्कने  सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, खाना कक्ष, इ–गेमिङ्ग प्रतियोगिता,  रोबोटिक्स, पर्यटन भिजन,  विश्वविद्यालय जानकारी,  कानुनी शिविर, पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम हुने छन् । यस्तै महोत्सवमा नेपालको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलनलगायत बिषयमा समेत सामूहिक छलफल समेत हुने छ ।  “विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिनेछौँ”, अध्यक्ष बडालले भने । 

महोत्सवका संयोजक धर्म गिरीले महोत्सवस्थलमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् । त्यस्तै विद्यार्थीलाई मनोरञ्जनप्रदान गर्नका लागि जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम हुने उनले भने ।

अनेरास्ववियुका महासचिव नरेश रोकायाले महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।