नेभिगेशन
सबै कुरा

स्काउटको सदस्यले राजनैतिक दलको सदस्यता नत्यागे कारबाही गर्ने खेलकुदमन्त्रीको चेतावनी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरु राजनीतिमा आवद्ध रहेको भन्ने उजुरीप्रति ध्यानाकर्षण भएको जनाएका छन् । खेलकुद मन्त्रालयले विज्ञप्ती जारी गर्दै  स्काउटमा निर्वाचित पदाधिकारीहरु विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानून बमोजिम कारवाही गरिपाउँ भनि स्काउटरहरुबाट उजुरी प्राप्त भएको र सो सम्बन्धमा ध्यानकर्षण भएको बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले स्काउटको सदस्य कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न समेत अनुरोध गरेको छ । अन्यथा कानुन बमोजिम गरिने चेतावनी समेत दिइएको छ । 

Ncell
Extreme Energy

नेपाल स्काउट विश्व स्काउटको सिद्धान्त र मान्यतालाई आत्मासात गर्दै नेपाल स्काउट ऐन, २०५० बमोजिम स्थापित स्वशासित संस्था हो। सोही ऐन को दफा १८ (क) को उपदफा (१) मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्था गरेको छ। सोही उपदफाको खण्ड (ख) र (ग) मा राजनैतिक दलको सदस्य नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने स्पष्ट व्यवस्था छ । 

‘नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नहुन अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम हुने जानकारी गराइन्छ ।’ मन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।