नेभिगेशन
सबै कुरा

स्काउटको सदस्यले राजनैतिक दलको सदस्यता नत्यागे कारबाही गर्ने खेलकुदमन्त्रीको चेतावनी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरु राजनीतिमा आवद्ध रहेको भन्ने उजुरीप्रति ध्यानाकर्षण भएको जनाएका छन् । खेलकुद मन्त्रालयले विज्ञप्ती जारी गर्दै  स्काउटमा निर्वाचित पदाधिकारीहरु विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानून बमोजिम कारवाही गरिपाउँ भनि स्काउटरहरुबाट उजुरी प्राप्त भएको र सो सम्बन्धमा ध्यानकर्षण भएको बताइएको छ । 

मन्त्रालयले स्काउटको सदस्य कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न समेत अनुरोध गरेको छ । अन्यथा कानुन बमोजिम गरिने चेतावनी समेत दिइएको छ । 

City Express

नेपाल स्काउट विश्व स्काउटको सिद्धान्त र मान्यतालाई आत्मासात गर्दै नेपाल स्काउट ऐन, २०५० बमोजिम स्थापित स्वशासित संस्था हो। सोही ऐन को दफा १८ (क) को उपदफा (१) मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्था गरेको छ। सोही उपदफाको खण्ड (ख) र (ग) मा राजनैतिक दलको सदस्य नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने स्पष्ट व्यवस्था छ । 

‘नेपाल स्काउटको सदस्यले कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नहुन अनुरोध गरिन्छ । अन्यथा कानून बमोजिम हुने जानकारी गराइन्छ ।’ मन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...