नेभिगेशन
सबै कुरा

एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया

खोटाङ । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको  शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताए । 

Ncell
Extreme Energy

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा  १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो । 

नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताए  । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।