नेभिगेशन
सबै कुरा

सुनवल नगरपालिकामा पेचिलो बन्दै ढकाल सरको सरुवा

नवलपरासी । राम प्रसाद ढकाल पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको लुम्बिनी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समय शिक्षण पेशामा रहेका ढकाललाई अघिल्लो पटकको निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले विद्यालयबाट झिकेर पालिकाको शिक्षा शाखामा पाचौँ तहको काम गर्नेगरी काजमा खटायो । 

Ncell
Extreme Energy

प्रावि तृतीय तहका शिक्षक ढकाल माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा आसीन रहेकै बखत ढकाल शिक्षा शाखामा ल्याउनुको कारण थियो -तत्कालीन पालिका प्रमुखले उक्त विद्यालयमा आफ्नो राजनीति सुहाउँदो अर्को प्रधानाध्यापक लैजानु । 

ढकालले विवाद नगरी तत्कालीन जनप्रतिनिधिलाई अनुकुल हुनेगरि आफू शिक्षा शाखामा खटिए । पालिकाले आफ्नो ४ नम्बर वडामा रहेको रमवापुर माविबाट उनको तलब भत्ताको निधो गर्यो । केही वर्ष यसैगरी चल्यो । २०७९ मा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयन भएसँगै शिक्षक ढकाल नयाँ जनप्रतिनिधिको तारो बने, पालिकामा जिम्मेवारीविहीन भए । 

आफ्नो संगठनको भागशान्तिका लागि प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइएका ढकाललाई फेरि यस्तै स्वार्थका लागि अर्को विद्यालयमा सार्न पालिकाले अनेक हतकण्डा अपनाई रहेको छ । तर, यसअघि नै पालिकाको राजनीतिको शिकार भएका ढकाल यतिबेला भने नीतिगत स्पष्टता र पालिकाभरी समान नीति लागू गर्न माग गरिरहेका छन् । ‘मलाई अन्यायपूर्ण ढंगबाट व्यवहार गरिएको छ । अख्तियारदेखि सबै निकाय लगाइएको छ,’ शिक्षक ढकाल भन्छन् ,‘बरु म बेतलबी बिदा लिन्छु तर अन्याय सहन्न ।’ ढकालले आफूलाई पहिलोको भन्दा तल्लो जिम्मेवारीमा खटाउन लागेको भन्दै पालिका भरी समान प्रकृतिको नीतिगत जिम्मेवारी तोकेर आफ्नो सरुवा गर्न माग गरिरहेका छन् । 

पालिकाको नगर शिक्षा शाखाकाअनुसार शाखामा रिक्त रहेको पदका कारण उनलाई शाखामा राखेर यस अघि जिम्मेवारी दिइएको हो । शिक्षा शाखा अधिकृत पशुपति भट्टराईका  अनुसार पहिलो खाली दरबन्दीमा शिक्षक ढकालको पालिकामा पदस्थापन भएको थियो । तर, अहिले उनलाई विद्यालयमै फर्काउन ताकेता आइरहेको भट्टराई बताउँछन् । 


यता शिक्षकलाई सम्बन्धित विद्यालयमा हाजिर गराउन अख्तियारको समेत पत्र आएको नगर प्रमुख विमला अर्याल बताउँछिन् । अख्तियारको पत्रअनुसार नगरले उनलाई विद्यालयमा खटाउन पत्राचार गरेको अर्यालको भनाई छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...