नेभिगेशन
सबै कुरा

विमानस्थलमा यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडाैैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेपछि सो निर्देशन दिएका हुन्।

Ncell
Extreme Energy

यसैगरी मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए। उनले भने, “यात्रुहरुलाई झन्झटरहित सेवा दिनुहोला, विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु त्यसतर्फ ध्यान दिइने छ ।”

मन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गर्नु भएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । 

उनले भने, “मन्त्रीज्युले विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नु भएको थियो, उहाँ समक्ष हामीले पनि आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थियौँ ।”

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।