नेभिगेशन
सबै कुरा

हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ११ घाइते

ओखलढुंगा । ओखलढुंगामा हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको ग्रिनभेन्चर हाइड्रो लिखु फोरमा काम गर्ने मजदुर लिएर जाँदै गरेको को २ त ८६३६ नम्बरको ट्याक्टर खिजीदेम्बा गाउँपालिका १ रगनीको अर्थिङ्गेमोडमा दुर्घटना हुँदा १ जनाको मृत्यु ११ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा खिजीदेम्बा–३ का १८ वर्षीय आयुष सुनुवार रहेको खिजिदेम्बा गाउँपािलकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । उनका उनुसार घाइतेमध्ये  २ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उद्धार गरी कोहीलाई मन्थली हस्पताल र कोहीलाई हेलिकोप्टर मार्फत काठमाडोँ पठाउने तयारी रहेको उनले बताए । 

‘कच्ची सडकमा तिब्र गतिमा सवारी चलाउनु र ट्याक्टरमा मजदुरहरु कोचेर बोक्नु उचित हैन’, अध्यक्ष शेर्पाले भने, ‘मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुलाई तत्काल उपचारको बन्दोवस्त मिलाउन हाइड्रोलाई निर्देशनात्मक अनुरोध गर्छु ।’

ट्याक्टरमा १३ भन्दा बढी मजदुरहरु सवार रहेका र घटनास्थलमा प्रहरीसमेत पुगिसकेको अध्यक्ष शेर्पाले जनाए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...