नेभिगेशन
सबै कुरा

हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ११ घाइते

ओखलढुंगा । ओखलढुंगामा हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको ग्रिनभेन्चर हाइड्रो लिखु फोरमा काम गर्ने मजदुर लिएर जाँदै गरेको को २ त ८६३६ नम्बरको ट्याक्टर खिजीदेम्बा गाउँपालिका १ रगनीको अर्थिङ्गेमोडमा दुर्घटना हुँदा १ जनाको मृत्यु ११ जना घाइते भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा परि मृत्यु हुनेमा खिजीदेम्बा–३ का १८ वर्षीय आयुष सुनुवार रहेको खिजिदेम्बा गाउँपािलकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । उनका उनुसार घाइतेमध्ये  २ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उद्धार गरी कोहीलाई मन्थली हस्पताल र कोहीलाई हेलिकोप्टर मार्फत काठमाडोँ पठाउने तयारी रहेको उनले बताए । 

Ncell
Extreme Energy

‘कच्ची सडकमा तिब्र गतिमा सवारी चलाउनु र ट्याक्टरमा मजदुरहरु कोचेर बोक्नु उचित हैन’, अध्यक्ष शेर्पाले भने, ‘मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुलाई तत्काल उपचारको बन्दोवस्त मिलाउन हाइड्रोलाई निर्देशनात्मक अनुरोध गर्छु ।’

ट्याक्टरमा १३ भन्दा बढी मजदुरहरु सवार रहेका र घटनास्थलमा प्रहरीसमेत पुगिसकेको अध्यक्ष शेर्पाले जनाए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्...
रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् ।