नेभिगेशन
समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किए

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन् । 

Ncell
Extreme Energy

जुम्लाबाट छुटेपश्चात् एकदुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ । 

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दुःखेसो व्यक्त गरे । 

स्वदेशमै केही कमाउने आशा राखेर गरेको व्यवसाय बाटोकै कारण घाटा व्यहोर्नुपर्ने बाध्यता आइलागेको उनले जनाए । “सडक कहिले खुल्ने हो थाहा छैन”, उनले भने, “अझै तीनचार दिनपछि मात्र बाटो खुल्छ भन्छन् । त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ ।”

वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाखको घाटा भएको स्याउ व्यापारी हस्तबहादुर रावतले दुःखेसो पोखे । उनकाअनुसार भरपर्दो सडक नहुन्जेलसम्म व्यापारीका समस्या समाधान नहुने र यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था आइलागेको छ । क्षति हुँदा केही राहत दिने व्यवस्था राज्यका तर्फबाट हुनुपर्ने उनको भनाइ छ । 
 
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मनसुनजन्य विपद्का कारण व्यापारीले धेरै ठूलो समस्या भोग्नुपरेको बताए । उनले भने, “यस वर्ष १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकामा अहिलेसम्म ५० प्रतिशत निर्यात भइसकेको छ । 

पहिरोका कारण सडक अवरुद्ध हुँदा दर्जनौं स्याउ बोेकेका गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र होइन, सिङ्गो जुम्लाले पनि क्षति व्यहोर्नुपर्ने अवस्था आइलागेको छ ।”  

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले शनिबार राति ७ः०० बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

आइतबार कालीकोटको पिलीमा तथा एस मोडमा पहिरो तथा ढुङ्गा आउँदा सडकमा ठूलो क्षति पुगेको उहाँले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ५ बजेदेखि सडक खुलाउन कार्यालयबाट मेसिन तथा प्राविधिक टोली परिचालित गरिएको छ ।
 
उनले भने, “लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति भएको छ । हाल राजमार्गको अवस्था जोखिमपूर्ण तथा पूर्ण रूपले अवरुद्ध भएकाले आधिकारिक सूचना जारी नभएसम्म यस सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधरणमा अनुरोध गरेका छौँ ।”

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले  यात्रा गर्दा विशेष सावधानी र सुरक्षा अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख महताराले बताए । अवरुद्ध सडक सञ्चालन गराउन उच्च प्राथमिकताका साथ निरन्तरता दिइए पनि आवागमन सहज हुन तीन दिनसम्म लाग्ने कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लादेखि सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन रोकिएका छन् । सुर्खेतबाट माथिल्लो कर्णाली हिँडेका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन् ।

सडक अवरुद्ध भएकै कारण माथिल्लो कर्णालीबाट आएका स्याउका गाडी तीन दिनदेखि सडकमा थन्किएका छन् । यसले व्यापारीलाई मर्का पर्नुका साथै यात्रुलाई सास्ती भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् ।