नेभिगेशन
समाज

रसुवासहित पाँच जिल्लाका सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोले पाँच जिल्लाका सडक अवरुद्ध छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीको तथ्यांकअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङ सडक कतै आंशिक त कतै पूर्ण अवरुद्ध छन् । 

Ncell
Extreme Energy

बाढीले रसुवामा सबै मुख्य राजमार्ग अवरुद्ध छन् । उत्तरगया ५ खाल्टे अन्तर्गत त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पूर्ण अवरुद्ध छ । 

नुवाकोटमा पासाङ ल्हामु सडक खण्ड पूर्ण अवरुद्ध छ । टोखा छहरे सडक खण्ड आंशिकरुपमा सञ्चालन गरिएको छ । 

धादिङमा पृथ्बी लोकमार्गअन्तर्गत बेनिघाट रोराङ ७ कृष्ण भिर पूर्ण अवरुद्ध छ । गजुरी २ परेवा भिर र बेनीघाट रोराङ १० ज्वाङखोला एकतर्फी सूचारु छ । 

पहिरोले अवरुद्ध चन्द्रागरी २ चिसापानीस्थित काठमाडौँ-धादिङ एकीतर्फी सुचारु भएको छ । 

काभ्रेमा खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डको विपी राजमार्ग आंशिक सञ्चालनमा आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्...
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।