नेभिगेशन
समाज

आगामी दुई सातासम्म वर्षाको सम्भावना, बिहानै काठमाडौं र पूर्वी तराईमा भारी वर्षा

काठमाडौं । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भइरहेको वर्षा अझै केही समय जारी रहने मौसमविद्ले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमविद् विनोद पोखरेलका अनुसार नेपालको मौसम पछिल्ला दिनमा लगभग उस्तै प्रकृतिको देखिएको छ । हिजो पनि देशका धेरै ठाउँमा राम्रै वर्षा भएको र आगामी दुई सातासम्म वर्षाको क्रम जारी रहने सम्भावना रहेको उनले बताएका छन् ।

Marvel
Extreme Energy

उनका अनुसार आज बिहानै करिब ३–४ बजेदेखि काठमाडौं उपत्यका र पूर्वी तराईका केही स्थानमा भारी वर्षा भएको थियो । ती क्षेत्रमा करिब एकदेखि दुई घण्टासम्म वर्षा भएको उनले बताए ।

‘हिजो पनि नेपालका धेरै ठाउँमा राम्रै वर्षा भयो । नेपालको मौसम लगभग हरेक दिन उस्तै देखिएको छ,’ पोखरेलले भने, ‘यो क्रम आगामी दुई हप्तासम्म जारी रहने सम्भावना छ ।’

उनका अनुसार यस साताभरि पनि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

मौसमविद्हरूका अनुसार मौसमी प्रणालीमा हुने सानो परिवर्तनले पनि वर्षाको क्षेत्र र तीव्रतामा फरक पार्न सक्छ । त्यसैले एकै दिनमा पनि कतै भारी वर्षा हुँदा कतै सामान्य वा मौसम सफा रहने अवस्था देखिन सक्छ ।

पछिल्लो समय मौसम पूर्वानुमानमा पनि यस्तै उतारचढाव देखिने गरेको मौसमविद्हरू बताउँछन् । मौसमी प्रणाली जटिल बन्दै जाँदा वर्षा हुने स्थान र समयको यकिन अनुमान गर्न चुनौती हुने गरेको उनीहरूको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले पनि नियमित रूपमा मौसमसम्बन्धी पूर्वानुमान तथा चेतावनी जारी गर्दै आएको छ । विभागको पछिल्लो मौसम पूर्वानुमानमा पनि विभिन्न भूभागमा वर्षाको सम्भावना उल्लेख गरिएको छ ।

लगातार वर्षा हुने अवस्थामा पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

हिउँदमा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी थालेको छ ।

भर्खरै