नेभिगेशन
सबै कुरा

‘चुरोटमा करबारे भ्रमपूर्ण प्रचार’

काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । विगत केही दिनदेखि विभिन्न पत्रिकामा  ‘चुरोटमा दक्षिण एसियामै कम कर, ज्यानमारा चुरोट प्रतिसरकार किन उदार ?’ भन्ने विज्ञापन प्रकाशित भइरहेको छ । सोही विज्ञापन प्रति संघले एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘केही समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने भ्रम छर्न खोजेको देखिन्छ,’ संघद्धारा प्रकाशित विज्ञापनमा भनिएको छ, 'स्वदेशी उत्पादनबाट नै राष्ट्रिय माग पूरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट हाल नेपालमा विभिन्न किसिमका चुरोटहरु उत्पादन हुने गरेका छन् । नेपाल सरकारको कूल राजस्वमा सुर्तिजन्य उद्योगको ४ प्रतिशतभन्दा बढी योगदान रहेको क्षेत्रबारे भ्रम नर्छन संघ आग्रह गर्दछ।'

Ncell
Extreme Energy

नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने  र विभिन्न कम्पनीका विभिन्न ब्रान्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने जस्ता तथ्यहीन एवं भ्रामक सूचनाबाट नीति निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योगहरूले पुर्याएको योगदानलाई नजरअन्दाज गर्नु मात्र नभै स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैरकानुनी वस्तुहरूलाई प्रोत्साहन गर्नु, निहित स्वार्थका लागि राज्यलाई गुमराहमा पार्न खोजिएको संघको दाबी छ।

विभिन्न कारणले नेपालमा चुरोटको बजार अवस्था ह्रासउन्मूख रहेको, गैरकानुनी चुरोट र सुर्तिजन्य पदार्थको व्यापार बढिरहेको अवस्था तथा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रम पूर्णरुपमा करको दरको अवस्था बारे विभिन्न पत्र पत्रिका मार्फत विज्ञापन सम्प्रेषण गर्नु अशोभनीय भएको संघले जनाएको छ ।

‘यस्तो अपुष्ट समाचार प्रकाशित गरि जनमानसलाई दिग्भ्रमित पार्ने कार्य कँही कतै बाट नगरी दिनु हुन यस संघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । सरकारले मिथ्यांकका आधारमा नभएर वास्तविक तथ्याङ्ककै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्यांकबाट प्रभावित नहुने कुरामा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ,नेपालमा विभिन्न कम्पनीका प्रतिनिधिमूलक ब्रान्डका चुरोटहरूमा लाग्ने करका दरहरू 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

उक्त सहयोग निम्नानुसार शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट पशुपति खाद्य तेल उद्योग प्रा.लिले  ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख रुपैयाँ, प्रिमियर वायर्सले १५ लाख, र प्रिमियर डिस्टिलरी...
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...

भर्खरै