नेभिगेशन
सबै कुरा

‘चुरोटमा करबारे भ्रमपूर्ण प्रचार’

काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । विगत केही दिनदेखि विभिन्न पत्रिकामा  ‘चुरोटमा दक्षिण एसियामै कम कर, ज्यानमारा चुरोट प्रतिसरकार किन उदार ?’ भन्ने विज्ञापन प्रकाशित भइरहेको छ । सोही विज्ञापन प्रति संघले एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको हो ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘केही समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने भ्रम छर्न खोजेको देखिन्छ,’ संघद्धारा प्रकाशित विज्ञापनमा भनिएको छ, 'स्वदेशी उत्पादनबाट नै राष्ट्रिय माग पूरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट हाल नेपालमा विभिन्न किसिमका चुरोटहरु उत्पादन हुने गरेका छन् । नेपाल सरकारको कूल राजस्वमा सुर्तिजन्य उद्योगको ४ प्रतिशतभन्दा बढी योगदान रहेको क्षेत्रबारे भ्रम नर्छन संघ आग्रह गर्दछ।'

Ncell
Extreme Energy

नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने  र विभिन्न कम्पनीका विभिन्न ब्रान्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने जस्ता तथ्यहीन एवं भ्रामक सूचनाबाट नीति निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योगहरूले पुर्याएको योगदानलाई नजरअन्दाज गर्नु मात्र नभै स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैरकानुनी वस्तुहरूलाई प्रोत्साहन गर्नु, निहित स्वार्थका लागि राज्यलाई गुमराहमा पार्न खोजिएको संघको दाबी छ।

विभिन्न कारणले नेपालमा चुरोटको बजार अवस्था ह्रासउन्मूख रहेको, गैरकानुनी चुरोट र सुर्तिजन्य पदार्थको व्यापार बढिरहेको अवस्था तथा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रम पूर्णरुपमा करको दरको अवस्था बारे विभिन्न पत्र पत्रिका मार्फत विज्ञापन सम्प्रेषण गर्नु अशोभनीय भएको संघले जनाएको छ ।

‘यस्तो अपुष्ट समाचार प्रकाशित गरि जनमानसलाई दिग्भ्रमित पार्ने कार्य कँही कतै बाट नगरी दिनु हुन यस संघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । सरकारले मिथ्यांकका आधारमा नभएर वास्तविक तथ्याङ्ककै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्यांकबाट प्रभावित नहुने कुरामा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ,नेपालमा विभिन्न कम्पनीका प्रतिनिधिमूलक ब्रान्डका चुरोटहरूमा लाग्ने करका दरहरू 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...