नेभिगेशन
सबै कुरा

गृहमन्त्री लामिछानेमाथिको आरोप निराधार : श्रममन्त्री आर्याल

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उप प्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । शनिबार सुर्खेतमा पत्रकारहरु संग कुरा गर्दै मन्त्री अर्यालले गृहमन्त्रीमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार भएको र न्यायलयमा मुद्दा पुगेको अवस्थामा न्यायलयको निर्णय अन्तिम रुपमा मान्ने बताएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै मन्त्री अर्यालले रास्वपाले सबै प्रश्नको जवाफ सदनबाट दिने बताए । नेपाली कांग्रेस प्रति लक्षित गर्दै मन्त्री आर्यालले संसदको जवाफ सुन्न सक्ने क्षमता नभएका कारण संसद अवरुद्ध भइरहेको बताए । 

Ncell
Extreme Energy

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहका रोजगार संयोजक तथा सहायकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागि भएका मन्त्री अर्यालले कर्णाली लगायत देशैभर प्रधानमन्त्री रोजगार कार्यक्रममा भइरहेको रकम दुरुपयोग र गुणस्तरहिनतालाई नयाँ सिराबाट अघि बढाउने बताए । 

मन्त्री अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउँदै कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताए । कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै उनले सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।