नेभिगेशन
सबै कुरा

गृहमन्त्री लामिछानेमाथिको आरोप निराधार : श्रममन्त्री आर्याल

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उप प्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । शनिबार सुर्खेतमा पत्रकारहरु संग कुरा गर्दै मन्त्री अर्यालले गृहमन्त्रीमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार भएको र न्यायलयमा मुद्दा पुगेको अवस्थामा न्यायलयको निर्णय अन्तिम रुपमा मान्ने बताएका छन् ।  

आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै मन्त्री अर्यालले रास्वपाले सबै प्रश्नको जवाफ सदनबाट दिने बताए । नेपाली कांग्रेस प्रति लक्षित गर्दै मन्त्री आर्यालले संसदको जवाफ सुन्न सक्ने क्षमता नभएका कारण संसद अवरुद्ध भइरहेको बताए । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहका रोजगार संयोजक तथा सहायकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागि भएका मन्त्री अर्यालले कर्णाली लगायत देशैभर प्रधानमन्त्री रोजगार कार्यक्रममा भइरहेको रकम दुरुपयोग र गुणस्तरहिनतालाई नयाँ सिराबाट अघि बढाउने बताए । 

मन्त्री अर्यालले कर्णालीमा अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउँदै कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको बताए । कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै उनले सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...