नेभिगेशन
सबै कुरा

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

Ncell
Extreme Energy

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन । 

सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।    

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची तय गरिएको थियो । साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्नुहुने कार्यसूची थियो । 

आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो । 

आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेस गर्नुहुने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन०, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।