नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरीले लियो पञ्जिकरण अधिकारीसँग बयान

वीरगंज । सरकारी वकिलको कार्यालय मार्फत फागुन २४ गते फौजदारी अभियोगमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्साले २ महिनापछि पञ्जिकरण अधिकारीसँग बयान लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई गृह मन्त्रालयले तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि पर्सा प्रहरीले आलटाल गर्दै आएको छ । 

Ncell
Extreme Energy

जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफैँ बाबु बनेर नागरिकता दिलाइ दिएका थिए । सो क्रममा मेयर राजेशमान सिंहले जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते गरेको तथ्यहरु फेला परेका छन् । 

२०८० फागुन २४ मा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले २ महिनापछि आइतबार पञ्जिकरण अधिकारीसँग बयान लिएको हो । ५ घण्टा लामो बयान लिएको पर्सा प्रहरीको बयानमा समेत तत्कालीन पञ्जिकरण अधिकारी भिखारी रायले यसअघि नै मिडियामा दिएको बयान दोहराएको प्रहरीले जनाएको छ । 

तत्कालीन पञ्जिकरण अधिकारी भिखारी रायको हस्ताक्षरले राजेशमान सिंहको छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको प्रतिक्रिया प्रहरी समक्ष बयान दिएका छन् । सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । रिता भट्टराईले जिल्ला अदालत पर्सामा पेश गरेको उक्त जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको छ । तर, भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर, छाप र नाम किर्ते गरिएको प्रहरी समक्ष बयान दिएका छन् । 

रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरेका छन् । मेयर राजेशमान सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लागत फारम नं. १०६÷२०७१÷२०७२ बाट किर्ते जन्मदर्ताको प्रमाणपत्र तयार गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्तेका विषयमा सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । त्यसलगत्तै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।