नेभिगेशन
सबै कुरा

प्रतिनिधि सभा बैठक (LIVE)

काठमाडाैँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेलाई बोलाइएको बैठक सरेर २ बजेलाई तय भएकाे थियाे । साे बैठक पनि सरेर साढे चारका लागि तय भएकाे थियाे । उक्त बैठक पनि ढिला गरी सुरु भएकाे हाे ।  


सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण बैठक सरेको थियाे ।

यसअघि सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । तर लामिछानेमागि समिति बन्ने सहमति भएपछि आजबाट पुनः संसद सुचारु भएको हो । 

समितिको कार्यादेश तय गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति पनि बनेको छ। समितिमा कांग्रेसबाट जीवन परियार, एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका सांसद शिशिर खनाल सदस्य छन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...