नेभिगेशन
सबै कुरा

गगन थापा माथि रविको आक्रोश ‘त्रिचन्द्रमा पार्क बनाउँदा भ्रष्टाचार देखि बाख्रा पालनसम्मको समाचारमा पनि समिति बनाउने हो ?’

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्ध संसद्मा आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसले झण्डै २ महिना गरेको संसद अवरोधपछि आइतबार संसद्मा आफ्नो भनाई राख्न पाएका लामिछानेले कपोकल्पित आरोप लगाएर लेखिएको समाचारको बहकाउमा लागेर कांग्रेस र त्यसका नेताले आफू विरुद्ध विष बमन गरेको आरोप लगाए । 

Ncell
Extreme Energy

भ्रम छर्न लेखिएको समाचार कै कारण आफू विरुद्ध कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न खोजेको भन्दै उपप्रधानमन्त्री लामिछानेले समाचार लेखेकै कारण संसदीय छानबिन गर्न चुनौती दिँदै गगन थापाबारे लेखिएको समाचारको विषय संसद्मा प्रस्तुत गरे । 

‘कांग्रेसका महामन्त्री थापा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा पार्क बनाउन दिइएको बजेटमा ३० लाख रुपैयाँ भ्रष्टाचार भएको, त्रिविको वेबसाइट बनाउन ५ लाख पैसा लिएर वेबसाइट नबनाएको, प्याक्टबाट १५ करोड लिएर नुवाकोटमा बाख्रा पालन गरेको र गोल्फुटारमा मासु पसल खोलेको तर केही समय पछि बन्द गरेको समाचार आएको थियो,’ लामिछानेले प्रश्न गरे, ‘के यो र यस्तै समाचारका हेडलाइनका आधारमा नि संसदीय छानबिन समिति गठन गर्ने हो ?' प्रायोजित रुपमा समाचार लेखाएर, होहल्ला गरेर संसद्लाई कांग्रेसले बन्धक बनाएको आरोप पनि लामिछानेले लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै