नेभिगेशन
सबै कुरा

गगन थापा माथि रविको आक्रोश ‘त्रिचन्द्रमा पार्क बनाउँदा भ्रष्टाचार देखि बाख्रा पालनसम्मको समाचारमा पनि समिति बनाउने हो ?’

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्ध संसद्मा आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।

कांग्रेसले झण्डै २ महिना गरेको संसद अवरोधपछि आइतबार संसद्मा आफ्नो भनाई राख्न पाएका लामिछानेले कपोकल्पित आरोप लगाएर लेखिएको समाचारको बहकाउमा लागेर कांग्रेस र त्यसका नेताले आफू विरुद्ध विष बमन गरेको आरोप लगाए । 

भ्रम छर्न लेखिएको समाचार कै कारण आफू विरुद्ध कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न खोजेको भन्दै उपप्रधानमन्त्री लामिछानेले समाचार लेखेकै कारण संसदीय छानबिन गर्न चुनौती दिँदै गगन थापाबारे लेखिएको समाचारको विषय संसद्मा प्रस्तुत गरे । 

‘कांग्रेसका महामन्त्री थापा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा पार्क बनाउन दिइएको बजेटमा ३० लाख रुपैयाँ भ्रष्टाचार भएको, त्रिविको वेबसाइट बनाउन ५ लाख पैसा लिएर वेबसाइट नबनाएको, प्याक्टबाट १५ करोड लिएर नुवाकोटमा बाख्रा पालन गरेको र गोल्फुटारमा मासु पसल खोलेको तर केही समय पछि बन्द गरेको समाचार आएको थियो,’ लामिछानेले प्रश्न गरे, ‘के यो र यस्तै समाचारका हेडलाइनका आधारमा नि संसदीय छानबिन समिति गठन गर्ने हो ?' प्रायोजित रुपमा समाचार लेखाएर, होहल्ला गरेर संसद्लाई कांग्रेसले बन्धक बनाएको आरोप पनि लामिछानेले लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...