नेभिगेशन
सबै कुरा

रास्वपाको 'समीक्षा यात्रा' सुरु, ३२ जिल्लाका ४८ स्थानमा नागरिकसँग प्रत्यक्ष भेटेर समीक्षा संकलन गर्ने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको समीक्षा गर्न 'समीक्षा यात्रा' सुरु गरेको छ। पार्टी स्थापनाको २४ औँ महिनामा पार्टीको स्थापनादेखि हालसम्मको अवस्था र नागरिकको धारणा बुझ्न आइतबार पार्टीले महामन्त्रीलाई ३२ जिल्लामा यात्राका लागि पठाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि पार्टीले आगामी असार ५ गतेसम्म डा मुकुल ढकाललाई यात्रामा पठाएको छ । पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राकाका लागि घण्टी दिएर बिदाई गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

 ‘पार्टीले सधैँ नागरिक, सदस्य र सरोकारवालाबीच पुगेर तिनका सुझावका आधारमा आफूलाई परिस्कृत गर्नुपर्छ। महामन्त्रीज्यूको यो यात्रा पार्टी स्थापना यता हामीले लिएको नीति र निर्णयको समीक्षाका लागि सहयोगी हुने विश्वास लिएको छु,’ सभापति लामिछानेले भने ।

वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो। यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिए। ‘हामीले कहाँ सही र गल्ती ग¥यौं, के गर्नु हुन्न र गर्नुपर्छ भन्नेबारे तल्लो तहबाट सुझाव लिन यात्रा गर्न लागेको हुँ’ महामन्त्री ढकालले भने,  ‘प्राप्त सुझाव केन्द्रीय समितिमा छलफल गरेर पार्टी सुदृढीकरणको पक्षमा उपयोग गर्छौँ।’

महामन्त्री ढकालका अनुसार यात्रामा सांसद र केन्द्रीय सदस्यहरु बीच बीचमा जोडिने छन्। एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्लामा पुग्ने बताइएको छ । काठमाडौँबाट सुरु भएको यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठक र कार्यक्रममा सहभागी हुने पार्टीले बताएको छ । महामन्त्री ढकालले समीक्षा यात्राको प्रतिवेदनका आधारमा केन्द्रीय समितिले लिने नीति, योजना र कार्यक्रमअनुसार पार्टी सञ्चालन गरिने जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।