नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सीआईबीको राय

२७ भदौ, काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन सीआईबीले राय दिएको छ।

Everest cinsult

हङकङबाट साउन २ गते भित्रिएको ६० किलो सुन प्रकरणमा सीआईबीले ५० जना प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने अन्य १८ जना फरार छन्। फरार रहेकालाई पक्राउ गर्न सीआईबीले पर्पल नोटिस जारी गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...