नेभिगेशन
सबै कुरा

सभामुखको भूमिका पदीय गरिमा अनुकुल भएनः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको भूमिका पदीय गरिमा अनुकुल नभएको ठहर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार संसद भवनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संघीय संसदको सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्ने बताए । उनले संसदीय छानविन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै बलमिच्याई गरी विश्वासको मत लिने काम भएको पार्टीको निष्कर्ष रहेको जानकारी दिए । लेखकले सोमबारको बैठकमा पनि प्रमुख विपक्षी दलले पटकपटक बोल्न समय माग गर्दा पनि बोल्न नदिने कार्य भएको बताए । 

Ncell
Extreme Energy

संसदीय परम्पराको मान्यता र मर्यादा विपरित सत्तापक्षले बहुमतको दम्भ देखाएको संसदको दृश्यले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुनर्पुष्टि भएको उनले बताए । त्यस्ते उनले शान्ति प्रक्रियामा ल्याएर राजनीतिक दलमा स्थापित गराउने कांग्रेसको भूमिकालाई नविर्सन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले कसैले धम्काएर तर्सिने पार्टी कांग्रेस नभएको जिकिर गरे । मुख्य सचेतक लेखकले संसदमा कांग्रेसमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई चूनौति दिए । आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम गृहमन्त्रीले नै भोग्नुपर्ने उनको भनाइ छ । 

उनले आफुमाथि लागेको आरोपबाट पन्छिन गृहमन्त्रीले कांग्रेसमाथि लाञ्छना लगाएको पनि बताए । लेखकले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरुलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्दत भएको पार्टीको ठहर रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...

भर्खरै