नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

‘पिक्चर अभि बाँकी हे’ – एआइजी किरण बज्राचार्य

२७ भदौ, काठमाडौं - नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीकी प्रमु्ख किरण बज्राचार्यले सुन प्रकरणको अनुसन्धानको बल्ल सुरुवात भएको बताएकी छिन् । सुन प्ररकणको प्रतिवेदन बुझाउनुअघि लाजिम्पाटमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘सुन प्रकरणमा हामीले अहिले एउटा कम्पनीको मात्रै अनुसन्धान गरेका छौँ । अर्को ५ ओटा कम्पनीको अनुसन्धान बाँकी नै छ । यो सञ्जालमा अरु थुप्रैको संलग्नता देखिएको छ । ‘पिक्चर अभि बाँकी हे’ भन्छन् नी, त्यस्तै हो ।’ उनले थपिन्, ‘हामी नै यहाँ रहेनौँ वा तितरबितर भयौँ भने फरक कुरा नत्र यसको अनुसन्धान रोकिँदैन । म यो प्रकरणलाई टुंगोमा पुर्याएरै छोड्छु ।’ 

Global Ime Bank

त्यस्तै उनले चिनियाँ र हङकङका तस्करहरुले खडा गरेको नेक्सस् तोड्न नेपाल प्रहरी सफल भएको समेत दावी गरेकी छिन् । उनले यो प्रकरणमा अमला रोकाको संलग्नताबारे पनि अनुसन्धान भईरहेको खुलाएकी छिन् । यद्यपी दावा पक्राउ परेपछि उनी फरार रहेको उनको भनाई छ । 

पूर्व प्रहरी, उच्च कर्मचारी र व्यापारी लगायतको दावसँगको सम्बन्धबारेको प्रश्नमा उनले सबै कोणबाट अुनसन्धान भईरहेको बताईन् । 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...