नेभिगेशन
सबै कुरा

प्रहरीले पक्राउ गरेका महानगरका चालक र ट्रक छुटे

काठमाडौँ । काठमाडौँ प्रहरीले पक्राउ गरेका काठमाडौँ महानगरका चालकलाई रिहा गरेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ को पार्टी नेकपा मओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा फोहोर फाल्न महानगरबाट पठाइएका ४ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

फोहोर बोक्ने गाडीका चालकलाई पक्राउ गरिएको भन्दै मेयर बालेन शाहले सामाजिक सञ्जालमा आक्रोशित हुँदै स्ट्याटस लेखेका थिए । 

त्यस लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका चालक र ट्रकलाई महानगरको जिम्मा लगाएको हो । चालक पक्राउ परेको बारे अनभिज्ञता प्रकट गरेको प्रहरीले आफ्नो परिसरमा रहेको चार वटा महानगरको फोहोर सहितको ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागको जिम्मा लगाएको जनाएको छ । 

‘परिसर हातामा रहेका ४ वटा फोहोर बोकेका ट्रक र त्यसका चालकलाई महानगरको वातावरण विभागमा बुझाइएको छ,’ प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी  भने, ‘पक्राउ गरिएको विषयमा म जानकार छैन् ।’   

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार फोहोर फाल्न अवरोध भएपछि महानगरले प्रतिक्रिया जनाएको बताए। प्रहरीले पक्राउ गरेका ४ जना ट्रक चालक र ट्रक अहिले रिहा भएको पनि मानन्धरले सिधाकुरालाई बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।