नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिको टीओआर बनाउन गठित कार्यदल बैठक निष्कर्षविहिन

काठमाडौँ । सहकारी ठगीको विषयमा छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदल निष्कर्षविहिन भएको छ । सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुट्न नसकेको हो । 

बैठकमा सहभागी कार्यदलका सदस्य महेश बर्तौलाले टीओआरबारे सहमति गरेर विषय टुङ्ग्याउने तर हालसम्म कृुनै निष्कर्षमा पुग्न नसकेको बताए । आजको बैठकमा दुवै पक्षले राखेका प्रस्तावमा मध्यमार्गी बाटो खोज्ने सहमती भएको छ तर निष्कर्षमा भने पुगेका छैनौँ । संसद बैठक सकिएपछि कार्यदल बैठक फेरि बस्छ’, बर्तौलाले भने । 

साथै सञ्चारमाध्यममा आएजस्ताे टीओआरकाे विषयमा सहमती जुटिसकेकाे भन्नेकुराकाे बर्ताैलाले खण्डन गरे । 'हामीले हाम्राे गाेजीमा भएकाे कलम निकाल्नु परेन यद्यपी बैठक सकरात्मक भएकाे छ ।'

सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको थियो ।

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकमा सबै सदस्य सहभागी थिए ।

कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका थिए। कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...

भर्खरै