नेभिगेशन
सबै कुरा
थली घटनाः

पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले विक्षिप्त परिवारको दुर्घटना

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । पारिवारिक विचलन, गरिबी र मानसिक समस्याले एकै पटक परिवारलाई गाँज्याे भने के हुन्छ ? काठमाडौँमा सोमबार भएको दुःखद एक पारिवारिक दुर्घटनाको प्रमुख कारण यस्तै भएको निष्कर्षमा प्रहरी पुगेको छ । 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ५ थलीमा सोमबार बिहान भक्तपुरका ५४ वर्षीय कृष्ण नगरकोटी मृत भेटिएका थिए । दाह्री काट्ने ब्लेडले चिरेको अवस्थामा मृत भेटिएका नगरकोटीको घटना अनुसन्धानमा खटिएको प्रहरीले ८ घण्टा नबित्दै मृतका छोरा र छोरीलाई विक्षिप्त अवस्थामा उद्धार गरेको छ।


उनीहरु दुवै जनाको मानसिक अवस्था विक्षिप्त रहेको पाइएको छ मृतकका छोरालाई त आत्महत्या प्रयास गर्दा गर्दैको अवस्थामा उद्धार गरेको प्रहरीको भनाई छ । 
‘घाँटीकाे बायाँ पट्टीबाट झण्डै ८ सेन्टिमिटर लामो ब्लेडले काटिएको अवस्थामा छोराको उद्धार गरेका हौँ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले सिधाकुरासँग भने,‘ ललितपुरको चल्नाखेलबाट उनको उद्धार गरिएको हो । उनको उमेर २१ वर्षको मात्रै छ ।’ 

मृतक कृष्णकी २८ वर्षीय छोरीलाई सेतोपुलमा एक ट्याक्सीमा बसिरहेको अवस्थामा उद्धार गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । मृतक कृष्ण १५ वर्षदेखि काठमाडौँमा ट्याक्सी चलाउँदै आएको पाइएको प्रहरीले जनाएको छ । 

३ महिना देखि ट्याक्सीमा रात बिताइरहेको परिवार 

महानगरीय प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धानमा चरम गरिबीबाट कृष्णको परिवार गुज्रिएको पाइएको छ । श्रीमतीले दोस्रो विवाह गरेर गएपछि एक्लिएको परिवारलाई कृष्णले काठमाडौंको रविभवनमा एक भाडाको कोठामा राखेका थिए । 
तर, तीन महिनादेखि भाडा तिर्न पनि नसकेपछि उनीहरु कोठामा जान नसकेर ट्याक्सीमै रात बिताउन बाध्य भएको बयान मृतक कृष्णका छोराले प्रहरीलाई दिएका छन् ।
‘श्रीमतीले छोडेपछि रविभवन पछाडिको गणेशथान नजिक कोठा लिएर छोरा, छोरीलाई लिएर कृष्ण बस्ने गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकृतले भने । 

बाबु छोराको सल्लाह ‘तिमी पनि आत्महत्या गर्नु, म कतै आत्महत्या गर्छु’ 

मृतक कृष्णको भनाई उदृत गर्दै छोराले प्रहरीलाई दिएको बयानमा एउटा अंश छ, ‘छोरा तिमी दक्षिणकालीको जङ्गलमा गएर आत्महत्या गर्नु, म पनि कतै आत्महत्या गर्छु ।’
प्रहरीकाअनुसार पारिवारिक अवस्था, गरिबी जस्ता कारणबाट जीवनसँग बिरक्तिएर बाबु कृष्णले छोरालाई आत्महत्या गर्ने तरिका सिकाए थिए । 
सोतोपुलमा आफ्नो बा १ ज ९६५ नम्बरको ट्याक्सीमा छोरीलाई राखेर ट्याक्सी बनाउने मिश्री लिन भन्दै बाबु छोरा गएका थिए । छुट्टिने बेलामा बाबुले छोरालाई आत्महत्या गर्न दक्षिणकाली जान भन्दै २ वटा ब्लेड र १२५ रुपैयाँ खर्च दिएको छोराले प्रहरीलाई बताएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...