नेभिगेशन
सबै कुरा

जलनको पीडाले अस्पतालमा छट्पटाउँदै ‘प्रेमबहादुर’ र ‘भजु’, उपचार गर्न छैन पैसा

२७ भदौ, काठमाडौं । पछिल्लो समय देशभर जलनको समस्या बढ्दो रहेपनि गरिबीका कारण जलनको उपचारबाट कयौं बञ्चित हुनुपरेको छ । जलनकै कारण भिमफेदी गाउँपालिका मकवानपुरका प्रेमबहादुर गोले यतिबेला साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालको आइसियूमा उपचाररत छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विगत केही वर्षयता क्षयरोगबाट ग्रसित थिए उनी । गत भदौ १५ गते फोहोर जलाउने क्रममा उनी त्यही जलिरहेको आगोमा लडे । उनको शरीरको अधिकांस भाग आगोले जलेको छ ।

३५ वर्ष उमेरका प्रेमबहादुरको घरको आर्थिक स्थित दयनिय छ । परिवारले घटना हुनासाथ केही पैसा जुटाएर उपचारका  लागि तत्काल हेटौँडा पुर्याए । तर हेटौँडामा उनको स्वास्थ्य अवस्थादेखि डराएको अस्पतालले जतिसक्दो चाँडो सुस्मा कोइराला मेमोरियल अस्पताल पुर्याउन भन्यो । सोही अनुरुप साँखु ल्याएका उनका परिवारलाई केही दिनयता बिहान बेलुका खाना खाने खर्च त परको कुरा बिरामीलाई औषधि किन्न समेत धौ धौ भएको छ । 

प्रेमबहादुरका परिवारले यत्तिका दिनसम्म अस्पताललाई १ रुपैँया समेत बुझाउन सकेको छैनन । अस्पतालले समेत व्यापारभन्दा माथि उठेर प्रेमबहादुरको निरन्तर उपचार गरिरहेको उनको परिवार बताउँछन् । केही पैसा पाइन्छ र उपचारमा सहज हुन्छ भनेर उनीहरुले गाउँपालिकामा समेत सहयोगको याचना गरेका छन, तर हालसम्म पनि उनीहरुले सहयोग भने पाएका छैनन् ।


‘हामीसँग खर्च नभएर अस्पतालमा अहिलेसम्म केही खर्च गर्न सकेका छैनौँ ।’ प्रेमबहादुरका बाबु सोमबहादुर गोले भन्छन्, ‘अस्पतालका डाक्टरहरुले पैसाको जुगाड  गरिदिनुभएको छ । गाउँपालिकातिर हामीले सहयोग मागिरहेका छौँ । गाउँपालिकाले कति दिन्छ अनुदान त्यो त थाहा भएन तर कोशिस गरिहेका छौँ ।’

प्रेमबहादुरको शरीरको अधिकांस भाग जलेका कारण उनको केही समय आइसियूमै राखेर उपचार गर्नुपर्ने अस्पताल बताउँछ । तर आर्थिक अवस्था कमजोर भएका कारण करिब ४ लाख खर्च गरेर आफूहरुले उपचार गराउन नसक्ने अवस्थामा परिवार छन् । यदि कसैले आर्थिक सहयोग गरिदिए प्रेमको केही उपचार सुस्मा कोइराला मेमोरियल अस्पतालमा गराएर बाँकी सरकारी अस्पतालमा गराउने मनशाय परिवारको छ । 

‘हामी गरिबले अस्पतालमै राख्न सक्दैनौँ । त्यत्रो पैसा कहाँबाट ल्याउनु । त्यही भएर कसैले सहयोग गर्यो भने यहाँ गराएर बाँकी हेटौँडा लगेर उपचार गरौँला भन्ने सोच छ । हामीले नसकेपछि अब सरकारी अस्पतालमा पनि राख्नुपर्ने हुन्छ ।’ प्रेमबहादुरका बाबु भन्छन् । 

मकवानपुरका प्रेमबहादुर मात्र हैनन्, बाराका ५३ वर्षिया भजु प्रसाय यादवको पीडा झन् दयनिय छ । बच्चा बेलैमा आगोले पोलेको उनको खुट्टाको उपचारका लागि उनले अहिलेसम्म १५ लाख बढी रुपैँया खर्च गरिसकेका छन् । 

आगोले पोलेको खुट्टाका उपचारका लागि उनी नेपालमात्र नभएर भारतका विभिन्न सहरसमेत पुगे तर अन्त्यमा उनको खुट्टा काट्नुपर्ने बताउँदै सुस्मा कोइराला मेमोरियल अस्पतालमा उनको खुट्टा काटियो । उनी अहिले बैशाखीको भरमा हिँड्न सक्ने भएका छन् । तर आर्थिक अभावका कारण उनी अस्पतालले डिस्चार्ज गरेपनि पैसा बुझाउन र घर जानेसमेत खर्च नहुँदा उनी घर जान पाएका छैनन् । 

‘पैसा सबै सकियो । उपचार खर्च बाँकी छ । खानाको बाँकी छ । औषधिको पनि बाँकी  छ । घर कसरी जाने उपाय नै छैन ।’ यादव बताउँछन् । 

अस्पातलले २ वर्ष बसेपनि बेडको पैसा पर्दैन भनेका कारण उनी आफ्नो सानो छोरा च्यापेर अस्पतालकै एउटा शैयामा पल्टिरहेका भेटिन्छन् । स्थानीय तहबाट समेत उनले सहयोग पाएका छैनन् । घरमा जसोतसो पैसा जोहो हुन्छ कि भनेर उनले आफ्ना छोरी र श्रीमतीलाई खोज्न भनेका छन् । तर साहुले नपत्याउँदा उनी अस्पतालमै बस्न बाध्य छन् । 

‘डिस्चार्ज त अस्पतालले गरेको मलाई’, उनी भन्छन्, ‘जब मान्छेको घरमा खानेकुरा छैन । म गएर त्यहाँ चामल त बन्दैन । किनेर, खोजेर, जुठा भाँडा माझेर परिवारले पनि सँधैभरि ल्याएर खुवाउन सक्दैन । औषधीको पैसा तिर्नैपर्छ । अस्पतालले सहयोग गर्छ, २ वर्ष बसेपनि बेडको पैसा लाग्दैन भनेको छ । त्यही भएर नगएको ।’


प्रेमबहादुर गोले र भजु प्रसाद यादव यतिसम्म गरिबीको चपेटामा छन् कि उनीहरुसँग कुनै बैंक खातासमेत छैन । 

उनीहरुको आर्थिक अवस्था देखेर अस्पातलले समेत उनीहरुको बेड खर्च साथै अपरेसन खर्च समेत मिनाहा गरिदिएको छ । साथै गरिबहरुलाई लक्षित गरेर अस्पताल आफैँले विभिन्न दाताहरुको सहयोग मागेर उपचार गर्ने गरेपनि बिरामीको चाप धेरै भएका कारण सबैले सहयोग पाउन सकेका छैनन् ।

त्यसो त आर्थिक वर्ष  २०८०÷८१ देखि नेपाल सरकारले प्रत्येक स्थानीय तहमा जलनको उपचारमा बजेट छुट्याउने बताएपनि हालसम्म कार्यन्वयन भएको छै्रन । उक्त निर्णयको कार्यान्वयन भए जलनको समस्यामा पर्ने गरिबीहरुले सहज उपचार पाउने अस्पताल बताउँछ । 

‘अस्पतालले नै दान गर्ने, कुनै व्यक्ति वा संस्थाले सहयोग गरेर, पैसा सहयोग उठाएर नै चल्ने गरेको छ । नेपाल सरकारले पनि यो वर्षदेखि जलनको उपचारका लागि विभिन्न पालिकाहरु जलनका लागि बजेट छुट्याएको छ भन्ने सुन्नमा आएको छ । यदि यो कार्यान्वयन भयो भने धेरै राम्रो पाटो हुनेछ, बिरामीको उपचारका लागि ।’ सुस्मा कोइराला मेमोरियल अस्पताल मेडिकल डाइरेक्टर डा. सन्तोष भण्डारी बताउँछन् । 

सहयोग तथा सम्पर्कका लागि 

प्रेमबहादुर गोले : ९८४०१५१२६८

भजु प्रसाद यादव : ९८२८१३६५५८


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा...

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको...
अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

अस्पतालमा विपन्नका लागि १० प्रतिशत निशुल्क शय्या सुनिश्चित गर्ने पोर्टल सार्वजनिक, यसरी हेर्नुहोस् विवरण

नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाई अनिवार्य...
पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री केपी ओलीको आज शल्यक्रिया हुँदै

ओलीको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी   डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया निकाल्दै छन् ।