नेभिगेशन
सबै कुरा

टाइम म्यागजिनको 'सय उदीयमान व्यक्ति'को सूचीमा 'बालेन'

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह प्रतिष्ठित टाइम म्यागजिनको सय उदीयमान व्यक्तिको सूचीमा छनोट भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्यागजिनले तयार पारेको यस वर्षको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।

Extreme Energy

टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखे स्टोरीमा बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । साथै फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।

के हो टाइम म्यागजिनको ‘टाइम हन्ड्रेड नेस्क्ट’

आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पार्ने गरेको छ । 

म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । 

‘टाइम हन्ड्रेड नेस्क्ट’ का बारेमा टाइम म्यागजिनले लेखेको छ ‘एक महान पत्रिका र एक महान मिडिया कम्पनीले वर्तमानलाई मात्र प्रतिबिम्बित गर्नु हुँदैन, हामी भविष्यका लागि पनि अघि बढ्नुपर्छ जसले समाजको भविष्य र भविष्यका नेताहरू कस्तो हुनेछन्  भनेर देखाउँछ’ ।

 ‘टाइम १०० को सूची बनाउन टाइमका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेको टाइमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।