नेभिगेशन
सबै कुरा

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परी डोजर चालक मङ्गल चौधरीकोको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा २ क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Ncell
Extreme Energy

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

“पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ”, प्रनाउ रिजालले भने । अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।