नेभिगेशन
सबै कुरा

अस्ट्रेलियाबाट महजोडीले भने, अदालतमा विचाराधिन रहेको सिरोहियाको विषयमा बोल्नु गल्ती भयो

काठमाडौँ । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर टेलिभिजनमा दिएको अन्र्तवार्ता सम्बन्धमा क्षमायाचना गरेका छन् । उक्त अन्र्तवार्ताका सम्बन्धमा महजोडीले चर्को आलोचना खेपिरहेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा क्रममा अस्ट्रेलिया पुगेका महजोडीले त्यहीँबाट भिडियो सन्देशमार्फत क्षमायाचना गरेका हुन् । ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ’ मदनकृष्ण श्रेष्ठले भिडियो सन्देशमा भनेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै हरिवंश आचार्यले पनि अदालतमा विचाराधीन मुद्दामा बोलेर गल्ती गरेको बताएका छन् । आचार्यले भने, ‘हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

सिरोहिया पक्राउको विषयमा महजोडी लगायत अन्य कलाकारले पनि सिरोहियाको पक्षमा अभिव्यक्ति दिएका थिए । त्यसपछि महजोडीको आलोचना सुरु भएको थियो । सोही क्रममा उनी कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका थिए । तर उनीहरुको कार्यक्रमको टिकट लिएका अधिकांसले आफूले तिरेको रकम फिर्ता मागेका थिए । केहीले त बहिष्कार अभियान नै चलाएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...