नेभिगेशन
सबै कुरा

ओलीमाथि कांग्रेसले तथ्यहिन आरोप लगायाे,लिखित रुपमा क्षमायाचना गर्नुपर्छ -एमाले

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहिन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने धारणा राखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहिन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताए । उनले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिए । पौडेलले शीर्ष नेताको बैठकमा संसदको गतिरोध खुलाउने र संसदीय समितिको कार्यदेशका बिषयमा छलफल भएपनि निष्कर्ष निस्कन नसककेको जानकारी दिए । उनले कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...