नेभिगेशन
सबै कुरा

समाजवादी प्रेस संगठनले लगायो पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला

काठकाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको आरोप लगाउँदै तालाबन्दी गरिएको हो । सदस्यता शुद्धिकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रुपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुंगो लगाएका नाममा रातारात हेरफेर गर्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए । 

Ncell
Extreme Energy

पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेशा, व्यवसायमा संलग्न व्यक्तिको नाम पत्रकारको सूचीमा राखेको समाजवादी प्रेस संगठनको आरोप छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...