नेभिगेशन
सबै कुरा

संसदीय छानबिन समितिको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन, आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने सत्ता र प्रतिपक्षी दलबीच भएको सहमतिलाई अनुमोदन गरेको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सोमबारको सहमतिलाई अनुमोदन गरेको हो । 

बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कसैको नाम र पद भन्दा सहकारीको रकम हिनामिनाको विषयलाई वृहतरुपमा अनुसन्धान गर्न सहमति भएको बताए छन् । ‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँजहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने, अनुसन्धान हुन सक्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

सहमतिसँगै नेपाली कांग्रेसले संसद्मा गर्दै आएको अवरोध हटाउने भएको छ। लेखकले मंगलबार नै कार्यदलको बैठक बसेर टीओआरलाई अन्तिम रूप दिने र ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत गरिने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

नेकपा एमाले निकट युवा संघले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको हो । मेयर शाहले कात्तिक १६ गते राति लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा...

भर्खरै