नेभिगेशन
सबै कुरा

संसदीय छानबिन समितिको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन, आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउने सत्ता र प्रतिपक्षी दलबीच भएको सहमतिलाई अनुमोदन गरेको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सोमबारको सहमतिलाई अनुमोदन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कसैको नाम र पद भन्दा सहकारीको रकम हिनामिनाको विषयलाई वृहतरुपमा अनुसन्धान गर्न सहमति भएको बताए छन् । ‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँजहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने, अनुसन्धान हुन सक्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

Ncell
Extreme Energy

सहमतिसँगै नेपाली कांग्रेसले संसद्मा गर्दै आएको अवरोध हटाउने भएको छ। लेखकले मंगलबार नै कार्यदलको बैठक बसेर टीओआरलाई अन्तिम रूप दिने र ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत गरिने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...