नेभिगेशन
सबै कुरा

सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा सहमति, यस्ता छन् ४ बुँदा

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति गठनका लागि दलहरुबीच कार्यादेशका बिषयमा सहमति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकले समितिको कार्यादेशका बारेमा सहमति जुटाएको हो । कार्यदलले तयार गरेको समितिको चार बुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने उल्लेख छ ।

Ncell
Extreme Energy


त्यस्तै दोस्रो बुँदामा समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने उल्लेख गरिएको कानूनमन्त्री पदम गिरीले जानकारी दिए । 

त्यस्तै तेस्रो बुँदामा सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक सुझाव दिने उल्लेख गरिएको उनले बताए । 

चौथो बुँदामा बिभिन्न सहकारी संस्थाहरुबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको अवस्था, उक्त रकम गैर कानुनी रूपमा प्रवाह भए–नभएको अध्ययन गर्ने उल्लेख छ । गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गर्ने र जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने उल्लेख गरिएको मन्त्री गिरीले बताए । 

समिति सात सदस्यीय हुने र तीन महिनाको अवधि तोक्ने सहमति भएको छ । सहमति भएसंंगै कार्यदल सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई कार्यादेशको अन्तिम प्रतिवेदन बुझाएको छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद दिएका थिए । 

यस्ताे छ पूर्ण पाठ

पृष्ठभूमिः

सङ्घीय संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानून विपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति” गठन गरिएको छ।

कार्यक्षेत्र :

१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन,  सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने। 

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण  गरेका अनुसूची-१ मा उल्लेख भएका  संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन  विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य ९शेयर धनी० एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका  सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए/नभएको,  र त्यस्तो गैर कानुनी वा अनुचित  कार्यमा कोही  संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र  संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने।

सदस्य संख्या : ७

अवधि : ३ महिना

मा. पदम गिरी

संयोजक

मन्त्री, कानून, न्याय तथा संसदीय मामिला  

मिति : २०८१/०२/१५

अनुसूचि !

समस्याग्रस्त र सार्वजनिकरुपमा प्रशन उठेका  सहकारी संस्थाहरुको नाम:

१    ओरेण्टल को–अपरेटिभ लिमिटेड

२    स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

३    प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४    प्रभु बचत तथा ऋण सहकारी संस्था

५    कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

६    कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७    कुवेर बचत तथा ऋण सहकारी संस्था

८    चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ 

९    भेगास बचत तथा ऋण सहकारी संस्था

१०    स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११    सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२    लुस्निभा बहुउद्देश्यीय सहकारी संस्था

१३    पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५    तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६    हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७    कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८    कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९    लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०    गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूचि २

आईडियल यमुना बहुउद्देश्यी संस्था

ईमेज बचत तथा ऋण सहकारी संस्था लि 

सहारा बचत तथा ऋण सहकारी, 

समानता वचत तथा ऋण सहकारी

सानो पाइला वचत तथा ऋण सहकारी

सुप्रिम बचत तथा ऋण सहकारी, 

सूर्यदर्शन बचत तथा ऋण सहकारी,

सुमेरू बचत तथा  ऋण सहकारी

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, 

लगायत अन्य




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...