नेभिगेशन
सबै कुरा

यस्ताे छ १८ मन्त्रालयकाे बजेट

काठमाडाैँ । सरकारले आगामी आर्थिक बर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गर्नुभएको हो । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ६१.३१ प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ त्यस्तै पुँजीगततर्फ १८.९४ प्रतिशत अर्थात ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशत अर्थात ३ खर्ब ६७ अर्ब १८ करोड रुपैया बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी रहेको अर्थमन्त्रीले जानकारी दिए । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने बताए । उक्त न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्री पुनले जानकारी दिए । 

सरकारले शिक्षा मन्त्रालयलाई सबैभन्दा बढी अर्थात २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने सबैभन्दा कम बजेट महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ६० करोड विनियोजन गरेको छ । त्यस्तै सरकारले कृषि तथा पशुपक्षी मन्त्रालयका लागि  ५७ अर्ब २९ करोड,उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड, सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

त्यस्तै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ, खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ, श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ, रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ, गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ, परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

नेकपा एमाले निकट युवा संघले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको हो । मेयर शाहले कात्तिक १६ गते राति लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा...

भर्खरै