नेभिगेशन
सबै कुरा

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम  मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Ncell
Extreme Energy

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।  कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । 

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  

काठमाडौँ उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले बताएको छ । यहाँको अधिकतम  तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी–त्रिशूली–नारायणी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ।