नेभिगेशन
सबै कुरा

६० किलो सुन तस्करी प्रकरण : काभ्रेका थर्कमान लामा पक्राउ

काठमाडाैँ । ६० किलो सुन प्रकरणका अभियुक्त थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमााल गाउँपालिका घर भएका लामालाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । 

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न पूर्वन्याायधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले लामाको सुन तस्करीमा संलग्नता देखाएका कारण पक्राउ गरेको सीआईबी श्रोतले बतायो । उनलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । 

बिसं २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा  तस्कर समूहले सुन लुकाएर ल्याएको थियो ।

भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले सुनसहितको ब्रेक सु नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको थियो । रेडी ट्रेडर्स नामक कम्पनीले हङकङबाट क्याथेप्यासेफिक एयरलाइन्सको कार्गोबाट आयात गरिएको ब्रेक प्याड गाल्दा ६१ किलो ७ सय ग्राम २४ क्यारेटको सुन रहेको पुष्टि भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...