नेभिगेशन
सबै कुरा

कलात्मक तोप चराका गुँड (तस्विरहरु)

काठमाडाैँ । तोप चरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको 'इन्जिनियर' पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।

तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा हुन्छन् । तोप चरा हिउँद याममा काठमाडौँमा आउँछन्। काठमाडौँ आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्। 

झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक बनाएको हुन्छ । यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुँड बनाउँछन् र अति नै मिहिनेत गरेर बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिबीच प्रतिस्पर्धा नै हुन्छ । हेरौँ काठमाडौंको बल्खु क्षेत्रमा देखिएका तोप चराका कलात्मक गुँडहरु





 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै