नेभिगेशन
सबै कुरा

निर्मल पुर्जा भन्छन्: 'सत्य बाहिर आउने छ, झुटो आरोप विरुद्ध कानुनी उपचारमा जान्छु'

काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरू विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ मा शुक्रबार प्रकाशित एक रिपोर्टमा निर्मल पुर्जाबाट यौन दुर्व्यवहार भएको दाबी गरिएपछि पुर्जाले आरोपको खण्ड गरेका छन् । 

Ncell
Extreme Energy

पुर्जाले आफ्नो इन्टाग्राम निम्सदाई मा एक पोस्ट गर्दै समाचारमा तथ्य भनेर छापिएका धेरै कुरा गलत रहेको दाबी गरेका छन् । पुर्जाले उक्त आरोप साँचो नभएका भन्दै अखबारका लागि सबै प्रमाणहरू दिएको बताएका छन् । 

मार्च ३० मा भएको भनिएको घटनामा पुर्जाले आफूले सो दिन गरेको काम र रहेको स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको पनि बताएका छन्। तर पत्रिकाले एकतर्फी भनाइका आधारमा समाचार तयार पारेको आरोप पुर्जाको छ । 

उनले लेखेका छन्, 'अखबारलाई धेरै प्रमाण र साक्षीहरूको बयान समेत उपलब्ध गराइयो तर धेरैका अन्तरवार्ता र प्रमाणहरू छापिएनन् ।' प्रकाशकले पुर्जाको पूरा भनाई समेत प्रकाशन नगरेको भन्दै केही साक्षीहरूको बयानको अंश मात्रै प्रकाशन गरेको दाबी गरेका छन् । 

उनले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै आरोपका विरुद्ध कानुनी उपचारको तयारी गरिरहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’