नेभिगेशन
सबै कुरा

फुटपाथ बढाउन बालेनले भत्काएकाे सडक विभागले पुरेपछि...

काठमाडौँ । काठमाडौँको न्यूराेडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले फेरि बनाउन थालेको छ । सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएकाे सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy



काठमाडौँ महानगरपालिकाले फुटपाथ मापदण्ड भन्दा कम भएको भन्दै मुख्य सडकको किनारा काटेर फुटपाथ विस्तार गर्न लागेको छ । साथै महानगरपालिकाले यसअघिनै सडक विभागलाई पत्र काटेर फुटपाथ विस्तारका विषयमा जवाफ मागेपनि सडक विभागले कुनै जवाफ नदिएको महानगरको मेयर बालेन्द्र साह बालेनले नगर समितिको बैठकमा बताएका थिए । 


साथै दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए । 

त्यसपछि गत शुक्रबार विभागले बालेनसँग जवाफ माग्दै कानुनी प्रक्रियामा जाने बताएकाे थियो । तर आज भने विभागले भत्काएको सडक पुर्न थालेको छ । 

तस्विरः सुदिप श्रेष्ठ


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’