नेभिगेशन
सबै कुरा

विश्वकप क्रिकेटः ओमानविरुद्धको खेलमा नामिबिया विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो । 

त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै निकोलस डेभिडले ३१ बलमा २ चौका र एक छक्का प्रहार गरी २४ रन जोडे । कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए । 

बलिङतर्फ ओमानका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक(एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय नौ  रन बनाएको थियो । ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए । 

प्रतियोगितामा ओमानका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए । नामिबियाका रुबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए । त्यस्तै जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस शृङ्खलामा यसअघि...
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक...

भर्खरै