नेभिगेशन
सबै कुरा

विपद्को सूचना लिन र दिन कमान्ड पोस्ट खडा, टोल फ्रि नम्बर ११४९ सार्वजनिक

काठमाडौँ । सरकारले मनसुनको समयमा आउनसक्ने विपद् मध्यनजर गरी आफ्ना तयारी पुरा गरेको जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपदमा सरकारको तयारीबारे जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विपद्का बेला सम्पर्क गर्नको लागि टोल फ्री नम्बर सार्वजनिक गरेको बताए । उनका अनुसार टोल फ्रि नम्बर ११४९ जुनकुनै बेला सम्पकै गर्न सकिनेछ । यो सँगै सरकारले मनसुनजन्य सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरेको छ । सो कमाण्ड पोस्टले हरेक दिन प्रेस बुलेटिन निकाल्नेछ । 

Ncell
Extreme Energy

यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने सरकारले अनुमान गरेको छ । त्यस्तै ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने सरकारको अनुमान छ ।

गृहमन्त्री लामिछानेले जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।