नेभिगेशन
सबै कुरा

विपद्को सूचना लिन र दिन कमान्ड पोस्ट खडा, टोल फ्रि नम्बर ११४९ सार्वजनिक

काठमाडौँ । सरकारले मनसुनको समयमा आउनसक्ने विपद् मध्यनजर गरी आफ्ना तयारी पुरा गरेको जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपदमा सरकारको तयारीबारे जानकारी गराएका हुन् । 

उनले विपद्का बेला सम्पर्क गर्नको लागि टोल फ्री नम्बर सार्वजनिक गरेको बताए । उनका अनुसार टोल फ्रि नम्बर ११४९ जुनकुनै बेला सम्पकै गर्न सकिनेछ । यो सँगै सरकारले मनसुनजन्य सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरेको छ । सो कमाण्ड पोस्टले हरेक दिन प्रेस बुलेटिन निकाल्नेछ । 

Dish Home
Global Ime Bank

यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने सरकारले अनुमान गरेको छ । त्यस्तै ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने सरकारको अनुमान छ ।

गृहमन्त्री लामिछानेले जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

“अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता,...
कुलिङ पिरियडमा रहेका ‘फुलस्टप’ र ‘कमा’ पनि परिवर्तन हुँदैनन्ः सङ्घीय मामिलामन्त्री गुप्ता

कुलिङ पिरियडमा रहेका ‘फुलस्टप’ र ‘कमा’ पनि परिवर्तन हुँदैनन्ः सङ्घीय मामिलामन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कुलिङ पिरियडको व्यवस्थाका कारण सङ्घीय निजामती सेवा विधेयक नरोकिएको बताएका हुन् ।
२०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना

२०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना

खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका छन् ।

भर्खरै