नेभिगेशन
सबै कुरा

सहकारी छानबिन गर्न बनेको संसदीय समितिले थाल्यो काम

काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समिति कार्यप्रारम्भ गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सुर्य थापाले जानकारी दिए । 

Ncell
Extreme Energy

सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उनले बताए । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थीत गर्दै अघि बढ्ने उनको भनाइ छ । संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका बिषयमा कुनै विवाद नरहेको जिकिर गरे । 

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।