नेभिगेशन
सबै कुरा

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाएनन् विश्वासको मत

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा उनले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत  मात्रै प¥यो भने विपक्षमा भने ५३ मत प¥यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवलाई मुख्यमन्त्रीको पद जोगाउन ५४ मत आवश्यक थियो । बुधबार प्रदेशसभामा भएको विश्वासको मत लिने कार्यक्रममा १०३ सांसद उपस्थित थिए ।

Ncell
Extreme Energy

मुख्यमन्त्री यादवलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको थियो भने नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । 

एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । बुधबार उनले पाँचौँपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सबै भन्दा धेरै सभामुखसहित २५, नेपाली कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट  र अन्य तीन दलको एक एक सिट छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै