नेभिगेशन
सबै कुरा

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाएनन् विश्वासको मत

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा उनले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत  मात्रै प¥यो भने विपक्षमा भने ५३ मत प¥यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवलाई मुख्यमन्त्रीको पद जोगाउन ५४ मत आवश्यक थियो । बुधबार प्रदेशसभामा भएको विश्वासको मत लिने कार्यक्रममा १०३ सांसद उपस्थित थिए ।

Ncell
Extreme Energy

मुख्यमन्त्री यादवलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको थियो भने नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । 

एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । बुधबार उनले पाँचौँपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सबै भन्दा धेरै सभामुखसहित २५, नेपाली कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट  र अन्य तीन दलको एक एक सिट छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।