नेभिगेशन
सबै कुरा

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी,  प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताए। उनले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरु खोल्न सुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याए।

मन्त्री पुनले भने, “नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धी गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न, बैँक तथा वित्तीय संस्थाको स्थापना र सञ्चालन व्यवस्थापन नियमन कार्यलाई व्यवस्थापन गर्न विधेयक ल्याउनुपरेको हो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

रास्वपाको विस्तारित बैठक चितवनमा सुरु

कात्तिक १४ र १५ गते गरी दुई सम्म चल्ने बैठकमा फागुन २१ को निर्वाचन तथा पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार...
रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

रास्वपाको बिस्तारित बैठकअघि केन्द्रीय समिति बैठक

बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने उपसभापति डा स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र पेस गर्नेछन् ।
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।