नेभिगेशन
सबै कुरा

१ दशमलव ९३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ । कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार, इमर्जिङ नेपाल,मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ८८,माण्डु हाइड्रोपावर आठ दशमलव ४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले सात दशमलव ५८ कमाएका छन् ।  त्यस्तै,माई खोला हाइड्रोपावर छ दशमलव ४०,ज्योति विकास बैंकको ऋणपत्र पाँच दशमलव ३१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ३१, पोखरा फाइनान्स पाँच १२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाए ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

बुधबार ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सोमबार ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार...
नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४७ अङ्कको वृद्धि

आइतबार विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार...
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५...