नेभिगेशन
सबै कुरा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक, सकारात्मक पक्ष कार्यान्वयन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। 

गत ज्येष्ठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेको उक्त प्रतिवेदन सार्वजनिक भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको २०७५ आषाढ ३२ को निर्णयवाट तत्कालिन माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणी पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो। उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री केपी। शर्मा वली समक्ष पेश गरेको थियो।

कुल ४९९ पृष्ठ रहेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट शिक्षामन्त्रालयमा हालैमात्र प्राप्त भएको थियो। बिहिबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष तत्कालिन शिक्षा मन्त्री माननीय गिरीराजमणी पोख्रेल आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रतिवेदनलाई सर्वसाधारण लगायत सबैको जानकारीको लागि मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए। 

पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो। सदस्यमा पूर्व शिक्षामन्त्रीहरु डा। गंगालाल तुलाधर र डि। आर। पौडेल हुनुहुन्थ्यो। अन्य सदस्यहरुमा डा उषा झा, संविधान सभा सदस्य श्यामकुमार श्रेष्ठ, प्रा डा मीनबहादुर विष्ट, प्रा डा विद्यानाथ कोइराला, प्रा डा टंकनाथ शर्मा, प्रा डा मनिष पोखरेल, प्रा डा रामस्वार्थ राय, डा सुशन आचार्य, डा बाबुराम अधिकारी, विमलकुमार फुयाल, चक्रमान विश्वकर्मा, प्रा डा सुजनबाबु मरहट्ठा, श्री नन्दकुमार थापा मगर, डा कृष्णप्रसाद पौडेल, प्रा भारती जोशी, प्रा डा शारदा थपलिया, श्री रमेशकुमार सिलवाल, लक्ष्मण शर्मा, डा सदानन्द कडेल, बाबुराम थापा, खगराज बराल (तत्कालिन शिक्षा सचिव) थिए। सदस्य सचिवको रुपमा मन्त्रालयका सहसचिव  बैकुण्ठप्रसाद अर्याल थिए ।

प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन्। ‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरु कार्यान्वयनमा लैजानेछ।’, उनले भनिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्ने कोइरालाको धारणा

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्ने कोइरालाको धारणा

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उनले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा व्यक्त...
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर...
रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

पार्टीले चुनावी नारा ‘सोचदेखि शासनसम्म’ राख्ने बताएको छ । जनताको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली, राजनीतिक नेतृत्वको दृष्टिकोण र समग्र शासन प्रणालीमै व्यापक सुधार चाहेको बताइएको छ । पार्टी रिफर्मको...