नेभिगेशन
सबै कुरा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक, सकारात्मक पक्ष कार्यान्वयन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत ज्येष्ठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेको उक्त प्रतिवेदन सार्वजनिक भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको २०७५ आषाढ ३२ को निर्णयवाट तत्कालिन माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणी पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो। उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री केपी। शर्मा वली समक्ष पेश गरेको थियो।

Ncell
Extreme Energy

कुल ४९९ पृष्ठ रहेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट शिक्षामन्त्रालयमा हालैमात्र प्राप्त भएको थियो। बिहिबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष तत्कालिन शिक्षा मन्त्री माननीय गिरीराजमणी पोख्रेल आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रतिवेदनलाई सर्वसाधारण लगायत सबैको जानकारीको लागि मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए। 

पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो। सदस्यमा पूर्व शिक्षामन्त्रीहरु डा। गंगालाल तुलाधर र डि। आर। पौडेल हुनुहुन्थ्यो। अन्य सदस्यहरुमा डा उषा झा, संविधान सभा सदस्य श्यामकुमार श्रेष्ठ, प्रा डा मीनबहादुर विष्ट, प्रा डा विद्यानाथ कोइराला, प्रा डा टंकनाथ शर्मा, प्रा डा मनिष पोखरेल, प्रा डा रामस्वार्थ राय, डा सुशन आचार्य, डा बाबुराम अधिकारी, विमलकुमार फुयाल, चक्रमान विश्वकर्मा, प्रा डा सुजनबाबु मरहट्ठा, श्री नन्दकुमार थापा मगर, डा कृष्णप्रसाद पौडेल, प्रा भारती जोशी, प्रा डा शारदा थपलिया, श्री रमेशकुमार सिलवाल, लक्ष्मण शर्मा, डा सदानन्द कडेल, बाबुराम थापा, खगराज बराल (तत्कालिन शिक्षा सचिव) थिए। सदस्य सचिवको रुपमा मन्त्रालयका सहसचिव  बैकुण्ठप्रसाद अर्याल थिए ।

प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन्। ‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरु कार्यान्वयनमा लैजानेछ।’, उनले भनिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।