नेभिगेशन
सबै कुरा

तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो  । 

एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । 

स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृषि बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । 

शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायीक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्ने कोइरालाको धारणा

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्ने कोइरालाको धारणा

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उनले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा व्यक्त...
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर...
रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

पार्टीले चुनावी नारा ‘सोचदेखि शासनसम्म’ राख्ने बताएको छ । जनताको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली, राजनीतिक नेतृत्वको दृष्टिकोण र समग्र शासन प्रणालीमै व्यापक सुधार चाहेको बताइएको छ । पार्टी रिफर्मको...